FLASH NEWS

रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका ३ जनाको मृत्यु


नेपाल आवाज ३१ असार २०८०, आईतवार १६:४५ मा प्रकाशित १३८१ पाठक संख्या

काठमाडौं – रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका तीन जनाले ज्यान गुमाएका छन् । २८ असारमा जंगलबाट ल्याएको च्याउ खाएका कारण दुई बालक र उनीहरुकी आमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।


लुंग्री गाउँपालिका–५ कालापोखरा घर भएका ३३ वर्षिया भीमा गुरुङ र उनका ११ वर्षका छोरा सुशील गुरुङ, ६ वर्षका छोरा प्रेम गुरुङको मृत्यु भएको हो ।

जंगली च्याउ खाई बिरामी परेपछि २८ असारमै उनीहरुलाई उपचारका लागि सुलीचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । उनीहरु तीनै जनाको बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

६ वर्षका प्रेम गुरुङको २८ असारमा, ११ वर्षका सुशील गुरुङको ३० असारमा र आमा भीमाको आइतबार मृत्यु भएको हो ।