FLASH NEWS

शरणार्थी प्रकरणमा १५ लाखमा छुटेका केशव ललिता निवासमा जोडिएपछि सीआईबीको नियन्त्रणमा


नेपाल आवाज ३१ असार २०८०, आईतवार १९:३१ मा प्रकाशित १३८७ पाठक संख्या

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा १५ लाख रुपैयाँ धरौटीमा छुटेका केशव तुलाधरलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको छ । ललिता निवास प्रकरणमा जोडिएपछि प्रहरीले सीआईबीलाई जिम्मा लगाएको हो ।


बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पनि संलग्न रहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो ।

स्रोतका अनुसार ललिता निवासको झण्डै २ रोपनी जग्गा तुलाधरको नाममा देखिएको छ। हाल प्रहरी हिरासतमा रहेका मीनबहादुर गुरुङसहित अन्य केही व्यक्तिमार्फत बालुवाटारको जग्गा उनको नाममा गएको देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।