FLASH NEWS

एलओडीका म्यानेजरसहित २ जना पक्राउ


नेपाल आवाज १ श्रावण २०८०, सोमबार १५:२१ मा प्रकाशित १२६७ पाठक संख्या

काठमाडौं  – प्रहरीले काठमाडौंको ठमेलस्थित एलओडीका म्यानेजर सहदेव सेढाईंसहित दुई जनालाई पक्राउ गरेको छ ।


जिल्ला प्रहरी परिसर काठमाडौंले बालिकालाई क्लबमा प्रवेश गराएको घटनामा अनुसन्धान गर्न सेढाईं र काउन्टरमा काम गर्ने रिसेप्सनिस्ट सपना ढुंगानालाई पक्राउ गरेको हो ।

एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको घटनापछि प्रहरीले उमेर नपुगेको व्यक्तिलाई क्लबमा प्रवेश गराएको भन्दै अनुसन्धान जारी राखेको छ ।

पक्राउ परेकी ढुंगानालाई जमानीमा रिहा गरिएको छ भने म्यानेजर सेढाई प्रहरी हिरासतमै छन्। यसअघि प्रहरीले एलओडीका सञ्चालकहरू रूदिलबल्लभ श्रेष्ठ र राजु सिंह सुवाललाई पक्राउ गरेको थियो। तर सरकारी वकिल कार्यालयले छाड्न आदेश दिएपछि उनीहरू असार २८ गते छुटेका थिए।