FLASH NEWS

धरानमा गोली प्रहार गरी युवकको हत्या


नेपाल आवाज ५ श्रावण २०८०, शुक्रबार २०:१९ मा प्रकाशित १६०९ पाठक संख्या

विराटनगर – सुनसरीको धरानमा गोली प्रहारबाट एक युवकको हत्या भएको छ। शुक्रबार साँझ गोली प्रहारबाट विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको सुनसरी प्रहरीले जनाएको छ।


गोली प्रहारबाट घाइते चौधरीलाई तत्काल उद्धार गरी विपि कोइराला धरानमा लगिए पनि ज्यान गएको एसपी प्रभु ढकालले जानकारी दिए।

उनका अनुसार तीन जनाको समूहमा आएका व्यक्तिले गोली प्रहार गरेका थिए। गोली प्रहार गरेर उनीहरु फरार भएका छन्।

मूलघाटबाट विराटनगर जाँदै गरेका उनको दाहिने कोखमा गोली लागेको छ। धरान– इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको हो।

घटनाको थप अनुसन्धान भइरहेको एसपी ढकालले बताए।