FLASH NEWS

पाल्पामा करेन्ट लागेर एक पुरुषको ज्यान गयो


नेपाल आवाज ७ श्रावण २०८०, आईतवार १४:१९ मा प्रकाशित ११०५ पाठक संख्या

काठमाडौं – पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ झिरबासमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।


मोटरबाट खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर ४२ वर्षीय गोविन्द बरम्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घर नजिकैको खेतमा मोटबारबाट पानी तान्नका लागि तार जोड्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए ।