FLASH NEWS

कोशीको मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान


नेपाल आवाज १२ श्रावण २०८०, शुक्रबार १४:२० मा प्रकाशित ११८९ पाठक संख्या

काठमाडौं – कोशी प्रदेशको मुख्यमन्त्रीका लागि ४ दिनभित्र  दाबी पेश गर्न आह्वान भएको छ ।


प्रदेश प्रमुख परशुराम खापुङले साउन १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।

सर्वोच्च अदालतले बिहीबार मात्र मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गर्दै संविधानको धारा १६८ (२) अनुसार साउन १७ गतेभित्र मुख्यमन्त्री नियुक्त गरिसक्न परमादेश दिएको थियो ।