FLASH NEWS

काठमाडौंको चन्द्रगिरीमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु


नेपाल आवाज १२ श्रावण २०८०, शुक्रबार १६:४९ मा प्रकाशित १४०५ पाठक संख्या

काठमाडौं – थानकोटबाट मकवानपुरको चित्लाङ जाँदै गरेको बा १० च ३५४६ नम्बरको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।


दुर्घटनामा सिन्धुली घर भएका २० वर्षीय नवराज ठोकर तामाङ र काभ्रे सल्ले भुल्भु घर भएका ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको प्रहरी वृत्त थानकोटका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार गाडी चन्द्रगिरी नगरपालिका— ४  पानीघाट नजिक भीरबाट करिब पाँच सय मिटर तलको अर्को सडकमा खसेको थियो ।

उक्त गाडीमा पाँच जना थिए । ३ जनाको उद्धार गरिएको डीएसपी अधिकारीले बताए ।  हिलोमा फसेको उक्त गाडीलाई धकेल्दा ओभर स्पिड भई सडकबाट खसेरको प्रहरीले जनाएको छ ।