FLASH NEWS

दुई दिनभित्र खाली नगरे राप्रपाको केन्द्रीय कार्यालयमा डोजर चल्छ : राजुनाथ पाण्डे


नेपाल आवाज १२ श्रावण २०८०, शुक्रबार १८:२९ मा प्रकाशित १७७१ पाठक संख्या

काठमाडौं – काठमाडौं महानगरपालिकाले धुम्बाराहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय दुई दिनभित्र खाली गर्न माइकिङ गरेको छ । हाइटेन्सन लाइनमुनि भवन निर्माण भएकाले महानगरले भवन खाली गर्न निर्देशन दिएको हो ।


काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको अनुसार सुरक्षाको कारण देखाइ पछिल्लो चार महिनादेखि भवन खाली गर्न महानगरले माइकिङ गर्दै आएको छ । पटक-पटक माइकिङ गर्दा देश परिवर्तन गर्छु भन्ने नेताबाटै नियम उल्लघंन भएपछि महानगरले सक्रियाता बढाएको उनको भनाइ छ ।

पाण्डेले भने, ‘आज महानगरले माइकिङ गरेर दुई दिनभित्र हटाउन निर्देशन दिएको छ । अटेर भए डोजर लाग्छ ।’

राप्रपाले जुनसुकै हालतमा भए पनि भवन तोकिएकै मितिमा खाली गर्नुपर्ने पाण्डेको भनाइ छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने यसबारे आफूहरुलाई अवगत भएको बताए । उनले भने, ‘यसबारेमा पार्टीको धारणा आउँछ । हामी छलफलमा छौं ।’