FLASH NEWS

सुन तस्करी प्रकरण : टोखामा सुन ‘रिफ्रेमिङ’ कारखाना , अर्कै स्वरूपमा रिप्याक गरी भारत पठाउने गरेको खुलाशा


नेपाल आवाज १४ श्रावण २०८०, आईतवार १७:४३ मा प्रकाशित १४१७ पाठक संख्या

काठमाडौं  – सुन तस्करी गर्ने समूहले काठमाडौंको टोखामा कारखाना सञ्चालन गरी चीन र हङहङबाट ल्याएको सुनलाई ‘रिफ्रेमिङ’ गरी भारत लगायतका अन्य मुलुकमा पठाउने गरेको खुलेको छ ।


आइतबार बिहान सशस्त्र प्रहरी बलको सहयोगमा राजस्व अनुसन्धान विभागको टोलीले हङहङबाट तस्करी गरेर ल्याएकोे करिब १ सय किलो सुनबारे अनुसन्धानका क्रममा उक्त तथ्य खुलेको हो ।

अनुसन्धानका क्रममा तिब्बत मूलका भारतीय नागरिक थाप्तेन छिरिङले तस्करी गरेर ल्याएकोे सुनलाई ‘कारखाना’मा सुन ‘रिफ्रेमिङ गरी अन्य मुलुकमा पठाउने गरेको बयान दिएका थिए । छिरिङ सुन तस्करीमा संलग्न आशङ्का गरिएको छ । तर, उनिबारे थप खुलेको छैन । यद्धपी छिरिङको बयानलगत्तै राजस्व अनुसन्धान विभागले टोखा स्थित कारखानामामा छापा मार्दा सुन गाल्ने मेशिन र पगाल्ने रसायन पनि भेटेको छ । अहिले राजस्व अनुसन्धान विभागले उक्त कारखानामा सिल गरेको छ ।

साउन ३ गते हङकङबाट ‘रेडी ट्रेड प्रालि’ले मगाएको करिब १ सय किलो सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेको थियो । सुन ‘ब्रेक प्याड’ भित्र लुकाएर ल्याउने गरेको भेटिएको थियो ।