FLASH NEWS

नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेताहरू पुगे उच्च अदालत


नेपाल आवाज १६ श्रावण २०८०, मंगलवार १३:१० मा प्रकाशित १३९३ पाठक संख्या

काठमाडौं – नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा पक्राउ परेर कारागारमा रहेको नेता उच्च अदालतमा पुगेका छन् ।


उनीहरूले काठमाडौं जिल्ला अदालतको आदेश बदर गरी आफूहरुलाई सामान्य तारिखमा रिहा गर्नुपर्ने भन्दै पूर्व गृहमन्त्री बालकृष्ण खाण,एमाले निलम्बित सचिव टोपबहादुर रायमाझी लगायत भुटानी शरणार्थी नेता टेकनाथ रिजाल उच्च अदालत पुगेका हुन् ।

मुद्दाको विषयवस्तु, प्रमाणको विवेचना नगरी आफूहरुलाई थुनामा राखेको भन्दै उनीहरुले थुनामुक्त गर्ने आदेश माग गरेका छन् ।

उच्च अदालत पाटनले खाँण र रायमाझीको हकमा कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ । कैफियत प्रतिवेदन प्राप्त भएपछि उच्च अदालतले सुनुवाइसहित जिल्लाको आदेशको परीक्षण गरी थप आदेश सुनाउने गर्दछ । यसअघि नै निवेदन दिएकाहरुको पनि उच्चको आदेश अनुसार जिल्ला अदालतबाट प्रतिवेदन पेस भइसकेको छ ।