FLASH NEWS

काठमाडौं प्रहरीको प्रवक्तामा एसपी ढुंगेल


नेपाल आवाज १८ श्रावण २०८०, बिहीबार २३:०९ मा प्रकाशित १७९५ पाठक संख्या

काठमाडौं – प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्ताको जिम्मेवारी पाएका छन् ।


काठमाडौं प्रहरीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले बिहीबार ढुंगेललाई सूचना अधिकारी एवं प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

जिल्ला प्रहरी परिसरद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ र तथ्यगत सम्प्रेषण गर्न ढुंगेललाई प्रवक्ता तोकिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

एसपी ढुंगेल अपराध नियन्त्रण र गुण्डाहरूलाई तह लगाउने विषयमा निपूर्ण मानिन्छन् । ढुंगेललाई प्रहरीमा ‘इन्काउन्टर स्पेसलिस्ट’ भनेर चिनिन्छन् ।

सवारी दुर्घटनामा लामो समय उपचार गराएपछि एसपी ढुंगेल प्रहरीको महत्वपूर्ण ठाउँमा कमाण्ड सम्हाल्न आइपुगेका छन् । २०७२ पछि उनी उपत्यका बाहिर र प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए ।