FLASH NEWS

गौर हत्याकाण्ड: गृह सचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने प्रधानमन्त्रीको आश्वासन


नेपाल आवाज २० श्रावण २०८०, शनिबार ११:४६ मा प्रकाशित १३८७ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ‘ले गौर काण्डको अनुसन्धान गरी निस्कर्षमा पुर्‍याउने बताउनुभएको छ ।


गौर हत्याकाण्ड पीडित संघर्ष समितिको टोलीसंग सनिबार बिहान बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री दाहालले छिटै गृह सचिवको नेतृत्वमा वार्ता टोली बनाउने र ठोस सहमति साथ अगाड़ी बढ़ने प्रतिबद्धता जनाउनु भएको हो ।

भेटमा सहभागी जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहका अनुसार प्रधानमन्त्रीले पीडितको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

गौर हत्याकाण्डका दोषीलाई कानूनबमोजिम अविलम्ब कारबाही गर्न माग गर्दै उक्त हत्याकाण्डका पीडितहरुले आन्दोलन देखी अनसन सम्म बसिरहेका छन् ।  उनिहरुले अमानवीय र विभत्स हत्या गर्ने गौर हत्याकाण्डका हत्यारा अपराधीहरुलाई वर्षौंसम्म अनुसन्धानको दायरामा ल्याई कारबाही नगर्नाले पीडितहरुको पीडा बोध भएको बताएका छन् ।

विसं २०६३ चैत ७ गते रौतहटको गौरस्थित राइसमिल चौरमा दिउँसो १:४५ बजे तत्कालीन नेकपा माओवादीले गरेको सभामा उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताले आक्रमण गर्दा २८ जनाको मृत्यु भएको थियो ।