FLASH NEWS

सुन तस्करीमा संलग्नलाई सरकारले नै संरक्षण गरेको भन्दै युवा संघको विरोध प्रदर्शन


नेपाल आवाज २० श्रावण २०८०, शनिबार १८:५० मा प्रकाशित ३३३७ पाठक संख्या

काठमाडौं – सुन तस्करी प्रकरणमा संलग्नलाई सरकारले नै संरक्षण गरेको भन्दै एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ ।


त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट बिभिन्न समयमा टनका टन सुन तस्करी हुदाँ पनि राज्यले कुनै कदम नचालेको र तस्करीलाई राज्यले नै संरक्षण गरेको भन्दै युवासंघले काठमाडौंको बानेश्वरमा विरोध प्रदर्शन गरेको हो ।

सुन तस्करी प्रकरणका नाइकेलाई संरक्षण गरेर सरकारले गरिब भरिया र मजदूरलाई मात्रै समातेको भन्दै युवा संघले आपत्ति जनाएको छ । युवा संघले सुन प्रकरणको गहिराईसम्म पुग्नका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग गरेको छ ।

प्रदर्शनमा युवा संघका अध्यक्ष क्षितिज थेवेले दिलिप भुजेललाई समातेर मुल नाइकेलाई छुट दिने काम सह्य नहुने बताउनुभयो । बिभिन्न सामानमा राखेर सुन तस्करी भएको र सरकारमा रहेका व्यक्तिहरुको नै संलग्नता रहेकाले सवैलाई कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने उहाको भनाइ छ ।

युवा संघले पशु चौपायामा लागेको लम्पि स्किन रोगको नियन्त्रणमा ध्यान दिन, सहकारी पिडीतको समस्या समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।