FLASH NEWS

संसदीय समितिमा दलहरूबीच भागबण्डा,रास्वपा र राप्रपाले पाएनन् भाग


नेपाल आवाज २२ श्रावण २०८०, सोमबार १४:०९ मा प्रकाशित १७०५ पाठक संख्या

काठमाडौं – दलहरुले लामो समयपछि संसदीय समितिमा भागबन्डा मिलाएका छन्।


निर्वाचनको करिब ८ महिनापछि दलहरुले संसदीय समितिमा भागबन्डा मिलाउँदै बाँडफाँट गरेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बसेको संसदीय दलको बैठकमा समितिमा भागबन्डा मिलेको जानकारी दिएका हुन्।

दाहालका अनुसार संसदीय समिति सबैभन्दा धेरै ४ वटा कांग्रेसलाई परेको छ।  त्यसपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई ३, सत्तारुढ नेकपा माओवादी केन्द्रलाई २ र जनता समाजवादी पार्टीका लागि १ वटा छुट्याइएको छ।

दलहरुले बाँकी रहेका २ वटामा एकीकृत समाजवादी र जनतम पार्टीलाई दिने गरी भागबन्डा मिलाएका छन्। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने दलहरुले एउटा पनि समिति नदिने गरी सहमति गरेका छन्।

बैठकमा प्रचण्डले राष्ट्रिय प्रजातन्त्र पार्टी र रास्वपालाई कुनै समिति दिन नसकिने अवस्था आएको जानकारी गराएका थिए। संसद्‍मा रास्पवाका २१ र राप्रपााका १४ सांसद छन्। जनमत पार्टीका ६ सांसद छन्।