FLASH NEWS

संसद अवरूद्व हुँदा रवि लामिछाने आक्रोशित, लेख्छन्– संसद चल्दैन, बार्गेनिङ चल्छ


नेपाल आवाज २२ श्रावण २०८०, सोमबार २१:१७ मा प्रकाशित २०४७ पाठक संख्या

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद अवरूद्व भएकामा आक्रोश व्यक्त गरेका छन् ।


सोमबारको प्रतिनिधिसभा बैठक बस्न नसकेपछि समाजिक सञ्जालमार्फत आक्रोश पोख्दै रविले बार्गेनिङ चलेको बताएका छन् ।

कयौँ कानून बनाउनुपर्ने, संशोधन गर्नुपर्ने र जन सरोकारका विषयमा छलफल गर्नुपर्ने कयौँ मुद्दामा निर्णय गर्नुपर्नेमा संसद रोकिएको र बार्गेनिङ चलेको उनले लेखेका छन् ।

‘वर्षौंदेखि देशलाई कसरी प्यारलाईज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कयौं कानुन बनाउनु पर्नेछ, कयौं कानुनमा संशोधन आवश्यक छ । जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ । तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ, दु:खद’ उनले लेखेका छन् ।