FLASH NEWS

प्रहरीको गोली लागेर मृत्यु भएका साहको परिवारलाई १० लाख दिने सरकारको निर्णय


नेपाल आवाज १४ फाल्गुन २०८०, सोमबार १९:०५ मा प्रकाशित २२६९ पाठक संख्या

काठमाडौं – सर्लाहीको बरहथवामा प्रदर्शनको क्रममा मृत्यु भएका जयशंकर साहको परिवारलाई सरकारले १० लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साहका परिवारलाई १० लाख राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।


गत पुस २० गते प्राथमिक स्वास्थ्य केन्द्रको विषयमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीको गोली लागेर साहको मृत्यु भएको थियो।