FLASH NEWS

धादिङ घाटबेसी बस दुर्घटना अपडेटः मृतकको संख्या ९ पुग्यो, २ अझै बेपत्ता


नेपाल आवाज २४ फाल्गुन २०८०, बिहीबार १६:३१ मा प्रकाशित १४८३ पाठक संख्या

धादिङ – भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबस त्रिशूली नदीमा खसेर बुधबार भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । बुधबार ७ जनाको मृत्यु भएकोमा बेपत्ता भएका मध्ये थप २ जनाको शव बिहीबार भेटिएको हो । वालिङ नगरपालिका, स्याङ्जाका विराज गैरे र लुम्बिनी सांस्कृतिक नगरपालिका, रूपन्देहीकि नर्मदा सुवेदीको शव सुरक्षाकर्मीले फेला पारेका हुन् ।


उद्धारमा खटिएका प्रहरीले जनाएअनुसार बिहीबारसम्ममा मृत्यु हुनेमा ७ पुरुष र २ जना महिला छन् । यस्तै, दुर्घटनाका घाइतेहरूको काठमाडौंमा उपचार भइरहेको छ ।

प्रहरीकाअनुसार दुर्घटनामा परेर बेपत्ता भएका २ जनाको खोजी जारी छ ।

बुधबार  लु १ ख २१२१ नम्बरको बस धादिङको गजुरीस्थित घाटबेशीबाट त्रिशूली नदीमा खसेको थियो ।