FLASH NEWS

सिके राउतले उपेन्द्रलाई भने , ” गौर हत्याकाण्ड गराउनेसंग कुम जोड्न लाज लागेन ? “


नेपाल आवाज ३० फाल्गुन २०८०, बुधबार १४:१३ मा प्रकाशित ४४२३ पाठक संख्या

काठमाण्डौ। प्रतिनिधि सभामा प्रधानमन्त्रीले बिश्वासको मत लिने क्रममा जनमत पार्टीका अधक्ष डा सिके राउतले उपेन्द्र यादव र प्रचण्डबिचको कुम जोडाइमाथि प्रश्न गरेका छन्।


आफूलाई मधेशको मसिहा भन्ने उपेन्द्र यादवले कसरि मधेशमै भएको नरसंहार तथा अमानविय घटना जहाँ मधेशी महिलामाथि समेत हिंशा भएको थियो सो घटनालाई बिर्सिएर अहिले कसरि प्रचण्डलाई बिश्वासको मत दिएको हो ? भन्दै प्रश्न गर्दै आफूले प्रधानमन्त्रीलाई बिश्वासको मत दिन नसक्ने बताए।