काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आइतबार छापावाला सुन ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलामा १ लाख २३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला १ हजार ५ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।