FLASH NEWS

दोषी देखिए रवि लामिछानेलाई कारबाहीबाट रोक्न कसैले सक्दैन : प्रधानमन्त्री


नेपाल आवाज ६ चैत्र २०८०, मंगलवार १३:१३ मा प्रकाशित ८०५ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा कैफियत गरेको देखिए उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्नबाट कसैले रोक्न नसक्ने बताएका छन् ।


आकस्मिक, शून्य र विशेष समयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सहकारी ठगी प्रकरणमा हालसम्म गृहमन्त्री लामिछानेको भूमिका नदेखिएको बताए । यद्यपि, पछि कैफियत देखिएमा उनलाई कारबाही गर्नबाट कसैले रोक्न नसक्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

तर, रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता रहेको भनेर कांग्रेसले राजनीतीकरण गरेको प्रधानमन्त्रीको आरोप छ । सरकार निकाय तथा प्रहरीसँग आफूले लिएको ब्रिफिङमा गृहमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता नदेखिएको भन्दै उनले सदनमा अवरोध नगर्न कांग्रेसलाई आग्रह गरे ।