FLASH NEWS

रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति आवश्यक छैन : केपी ओली


नेपाल आवाज ६ चैत्र २०८०, मंगलवार १९:१७ मा प्रकाशित १४२९ पाठक संख्या

काठमाडौं – प्रमुख सत्तासाझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी रकम हिनामिनामा मुछिएका उपप्रधानमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउन नपर्ने बताएका छन्।


मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहकारीको रकम हिनामिनामा गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न पर्याप्त प्रमाण रहेको दाबी गर्दै कांग्रेसले छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेको थियो।

यसपछि सोही बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले कांग्रेसले उपप्रधानमन्त्री लामिछानेविरुद्ध प्रतिशोधपूर्ण अभिव्यक्ति दिएको र संसदीय छानबिन समिति बनाउनु पर्ने अवस्था नरहेको बताएका हुन्।

सरकारबाट बाहिर भएकाले कांग्रेसले उत्तेजना देखाउने, प्रतिशोधपूर्ण अभिव्यक्ति, क्रियाकलाप गर्ने र संसद अवरुद्ध गर्ने जस्ता क्रियाकलाप गर्न नहुने भन्दै अध्यक्ष ओलीले भने, ‘सरकारभन्दा बाहिर हुनेबित्तिकै नेपाली कांग्रेस जस्तो पार्टीले कुनै आवेश, उत्तेजना देखाउने, प्रतिशोधपूर्ण अभिव्यक्ति, क्रियाकलाप गर्ने र संसद अवरुद्ध गर्ने जस्ता क्रियाकलाप गर्नु हुँदैन ।’