FLASH NEWS

सुन तस्करी काण्ड : सीआईबीका ४ इन्सपेक्टरको सरुवा


नेपाल आवाज ११ चैत्र २०८०, आईतवार १७:११ मा प्रकाशित ७४५ पाठक संख्या

काठमाडौं -प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत ४ जना इन्सपेक्टरलाई जिम्मेवारीबाट हटाएको छ।


सुन तस्करी जाँचबुझ आयोगले अनुसन्धानमा खटिएकालाई समेत अन्यत्र सरुवा गर्नुपर्ने सिफारिस गरेका कारण इन्सपेक्टरहरूको सरुवा गरिएको वताइएको छ।

सीआईबीबाट हटाइएकी एआईजी किरण बज्राचार्यको सचिवालयमा कार्यरत इन्सपेक्टर सुरेश खत्रीलाई प्रहरी हेडक्वाटरमा तानिएको छ भने इन्सपेक्टर रन्जित लामाको पनि हेडक्वाटरमामा सरुवा भएको छ ।

वकिल सिंहको सशस्त्र प्रहरी गण नम्बर १ मा र इन्सपेक्टर कृष्ण श्रेष्ठको पहरा गणमा सरुवा गरिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सफलतापुर्वक काम गरेका इन्सपेक्टर राजु अधिकारी र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्सपेक्टर गजेन्द्र रावललाई सीआईबीमा काज सरुवा गरिएको छ ।

रावल पनि अनुसन्धानमा पोख्त मानिन्छन्।

भेपमार्फत भएको सुन तस्करी र ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणको अनुसन्धानमा खटिएका सीआईबीका प्रहरीले चरम लापरवाही गरेको आयोगले ठहर गरेपछि एआईजी किरण बज्राचार्यसहित एसपी सञ्जयसिंह थापा, डीएसपीद्धय रुगम कुँवर र दुर्गा दाहाललाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको थियो।