काठमाडौं – नेपाल प्रहरीका एक हजार ३०६ प्रहरी जवान सहायक हवल्दारमा बढुवा तथा पदस्थापन भएका छन् ।
प्रहरी उपरीक्षकको बिहीबारको निर्णय अनुसार जनपद प्रहरी समूहतर्फका प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा उनीहरुको बढुवा तथा पदस्थापन गरिएको हो ।
प्रचलित नियम बमोजिम तलव, भत्ता पाउने गरी पदस्थापन गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाई दिन हुन प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ ।
साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्न गराउन हुन एवं दर्ज्यानी चिन्हद्धारा सु-शोभन गराउन समेत सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिइएको छ ।