FLASH NEWS

लिङ्देन नेतृत्वको राप्रपासँग एकता गरेर दोस्रो गल्ती गर्दिनँ : कमल थापा


नेपाल आवाज १६ चैत्र २०८०, शुक्रबार १४:११ मा प्रकाशित ६६७ पाठक संख्या

हेटौंडा – राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकताको सम्भावना नरहेको बताएका छन्।


राप्रपा सत्ता केन्द्रित राजनीतिमा रहेको आरोप लगाउँदै अध्यक्ष थापाले आफू एकतामा नजाने बताएका हुन् ।

अध्यक्ष थापाले राप्रपासँग विगतमा एकता गर्नु आफ्नो गल्ती भएको बताए । उनले फेरि राप्रपासँग एकता गरेर दोस्रो गल्ती गर्न नचाहेको अध्यक्ष थापाको भनाइ छ।

राप्रपा र राप्रपा नेपालबीच यसअघि ६ मंसिर २०७३ मा पार्टी एकता भएको थियो ।

पार्टी एकतापछि नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी बन्यो भने अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणा थिए ।

एकता घोषणामा उनले गीता छोएर पार्टी नफुटाउने कसम खाएका थिए ।

पछि पार्टीको महाधिवेशनबाट राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि असन्तुष्ट बनेका थापाले पुनः राप्रपा नेपाल ब्यूँताएका थिए ।