FLASH NEWS

त्रिशूली ट्याक्सी दुर्घटना अपडेट: ज्यान गुमाउने सबैको पहिचान खुल्यो, एक अझै बेपत्ता


नेपाल आवाज १७ चैत्र २०८०, शनिबार ०९:५१ मा प्रकाशित १५०१ पाठक संख्या

मुग्लिङ – आज बिहान काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशूली नदीमा खस्दा, ज्यान गुमाउने सबैको पहिचान खुलेको छ ।


जसअनुसार सो दुर्घटनामा ज्यान गुमाउनेनमा गोरखा नगरपालिका–७ की ७० बर्षिया जुनकिरी रोकाया, ४१ वर्षका हरिमाया रोकाय, २८ वर्षकी अञ्जना रोकाय र ९ वर्षका बालक आगमन नगरकोटी रहेका छन् ।

१८ वर्षका दिवस रोकाया भने त्रिशुली नदीमा हराइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीले जानकारी दिए । उनका अनुसार खोजी कार्य जारी राखिएको छ ।

ट्याक्सी चालक गोरखा ७ कै ३५ वर्षका अर्जुन शिर्मल रहेको जनाउँदै चितवन प्रहरीले उनीहरू बाबुको दाहसंस्कार गरी गोरखामा किरिया पुत्री बस्न जान लागेका थिए ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय मुग्लिनबाट १५ जनाको टोली र बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट १० जनाको टोली खटिएको छ ।