FLASH NEWS

आइतबार यस्तो छ सुनको भाउ


नेपाल आवाज १८ चैत्र २०८०, आईतवार ११:४८ मा प्रकाशित ७३३ पाठक संख्या

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन तोलामा १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको छ ।


शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँमा कारोवार भएको छ ।त्यसैगरी, चाँदीको मूल्य आइतबार स्थिर रहेको छ । प्रतितोला १ हजार ५२५ रुपैयाँमा चाँदीको कारोबार भएको छ ।