काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा हुने उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले पनि अन्तिम समयमा आफ्नो पार्टीको उम्मेदवारलाई समर्थन गर्ने दाबी गरेका छन् । एमाले सत्ता साझेदार रहेको र माओवादी केन्द्रले पनि इलाम २ को उपनिर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन नमिल्ने भन्दै उनले आफ्नो पार्टी उम्मेदवारलाई समर्थन गर्ने ओलीको तर्क थियो ।
आगामी चुनाबलाइ लक्षित गर्दै काठमाण्डौमा राखिएको कार्यक्रममा इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश १ मा हुने उपनिर्वाचनमा एमालेको जित सुनिश्चित रहेको दाबी गरेका छन् । प्रतिस्पर्धा गर्न सक्ने अन्य दल नभएकाले एमालेले सजिलै जित्ने ओलीको ठोकुवा थियो । गत निर्वाचनमा माओवादी र समाजवादी केन्द्रको साथमा कांग्रेसले आफ्नो पार्टीलाई इलाममा टक्कर दिए पनि अहिले त्यस्तो अवस्था नरहेको बताएका छन् ।