FLASH NEWS

बढ्यो पेट्रोलको मूल्य


नेपाल आवाज १८ चैत्र २०८०, आईतवार २२:१८ मा प्रकाशित १३२७ पाठक संख्या

काठमाडौँ – पेट्रोलको मूल्य बढेको छ। नेपाल आयल निगमले सोमबार बिहान एक बजेबाट लागू हुने गरी मूल्य बढाएको हो।


निगमले आइतबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा चार रुपैयाँ बढाएको जानकारी दिएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।

निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ ७६ पैसा बढाएर पठाएको छ। डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको भाउ भने घटाएर पठाएको छ। डिजेल र मट्टीतेलमा ३९ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७ रुपैयाँ ४४ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ।

तर निगमलाई ग्यासमा अझै पनि २९६ रुपैयाँ १५ पैसा घाटा भएकाले ग्यासको भाउ यथावत राखिएको जनाएको छ। डिजेल र मट्टितेलको भाउ पनि यथावत छ।