FLASH NEWS

आज सार्वजनिक बिदा


नेपाल आवाज १९ चैत्र २०८०, सोमबार ०७:१२ मा प्रकाशित १७२९ पाठक संख्या

अत्तरिया । सुदूरपश्चिमका रानाथारु समुदायले आज खखडेहरा पर्व मनाउँदै छन्।रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरीको अन्तिम दिनका रूपमा खखडेहरा मनाइने चलन छ।


एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन्। यसै अवसरमा सुदूरपश्चिममा आज (सोमबार) सार्वजनिक बिदा दिइएको छ। खखडेहराको अवसरमा सार्वजनिक प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।