FLASH NEWS

समाजवादी मोर्चाले आज बृहद अन्तर्क्रिया गर्ने


नेपाल आवाज २० चैत्र २०८०, मंगलवार ०७:५९ मा प्रकाशित १२८५ पाठक संख्या

काठमाडौं । समाजवादी मोर्चाले आज वृहत् अन्तरक्रिया कार्यक्रम गर्दैछ । राष्ट्रिय सभागृहमा कार्यक्रम मङ्गलवार दिउँसो १ बजे सुरु हुनेछ।


समाजवादी मोर्चाले ‘नेपाली विशेषताको समाजवाद निर्माणबारे’ शिर्षकमा वृहत् अन्तरक्रिया कार्यक्रममा गर्न लागेको हो।समाजवादी मोर्चाको सचिवालयको बैठकको निर्णय अनुमोदन भएसँगै सो कार्यक्रम टुंगो लागेको नेकपा प्रवक्ता खडगबहादुर विश्वकर्माले जानकारी दिए ।

सो मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा सहभागी रहेका  छन्।