FLASH NEWS

बोर्डिङ स्कुलबसको ठक्करबाट महिलाको मृत्यु, युवती गम्भीर घाइते


नेपाल आवाज २१ चैत्र २०८०, बुधबार ०७:४३ मा प्रकाशित ५८९ पाठक संख्या

नवलपुर । पूर्वी नवलपरासीको गैंडाकोटमा बोर्डिङ स्कुलबसको ठक्करबाट एक महिलाको घटनास्थलमै निधन भएको छ। दुर्घटनामा अर्की एक युवती गम्भीर घाइते भएकी छन्।


ओमशान्ति चोकबाट सरस्वती स्कुलचोकतर्फ जाँदै गरेको बालविकास बोर्डिङ स्कुलको ना.४ख १०४१ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा.९३ प ९२०२ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।

दुर्घटनामा स्कुटरमा सवार पर्वतको फलेबास नगरपालिका-४ घर भई हाल भरतपुर महानगरपालिका-२६ बस्ने ६८ वर्षीया पार्वती पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

दुर्घटनामा गैंडाकोट नगरपालिका-५ की २० वर्षीया आशिका सापकोटा गम्भीर घाइते भएकी छिन्। उपचारका लागि भरतपुर पठाएको प्रहरीले जनाएको छ। ठक्कर दिने बस र बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवस्यक अनुसन्धान थालेको बताएको छ।