FLASH NEWS

नेपाल ए को उत्कृष्ट बलिङ, आयरल्याण्ड वोल्भ्स १५७ रनमा अल आउट


नेपाल आवाज २१ चैत्र २०८०, बुधबार १२:३९ मा प्रकाशित ५४१ पाठक संख्या

काठमाडौँ । आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई १५८ रनको लक्ष्य दिएको छ । आजदेखि शुरु भएको एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा आयरल्याण्ड वोल्भ्सले टस जितेर पहिला ब्याटिंग गर्दै १५७ रन मात्र बनाएको हो ।


आयरल्याण्ड वोल्भ्सले ३८।३ ओभरमा अलआउट हुदै १५७ रन बनाएको थियो । आयरल्याण्ड वोल्भ्सका लागि काड कारमाइकलले सर्बाधिक ५१ रन बनाए भने कप्तान निल रकले ३९, पिटर मूरले २१ रन बनाए ।

त्यसैगरी नेपाली बलर कमल सिंह ऐरीले सर्बाधिक ४ विकेट लिएका थिए भने शहाब आलम र मौसम ढकालले २(२ विकेट लिएका थिए ।  त्यसति रिजन ढकालले एक विकेट लिएका थिए ।