FLASH NEWS

नेपाल ‘ए’ टोली ११४ रनले पराजित


नेपाल आवाज २३ चैत्र २०८०, शुक्रबार १५:०० मा प्रकाशित १४४१ पाठक संख्या

काठमाडौं । नेपालको ‘ए’ टोली पराजित भएको छ । आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ एक सय १४ रनको फराकिलो अन्तरले पराजित गएको हो ।


एकदिवसीय शृङ्खलामा नेपालको यो लगातार दोस्रो हार हो । आयरल्यान्डले भने तीन खेलको शृङ्खलामा २–० को अग्रता लिएको छ । यसअघि खेलिएको पहिलो एकदिवसीयमा आयरल्यान्ड २१ रनले विजयी भएको थियो ।