FLASH NEWS

आईजीपी कुँवरद्धारा आठ जना एसपीहरूलाई दर्ज्यानी चिन्ह प्रदान


नेपाल आवाज २३ चैत्र २०८०, शुक्रबार १५:२४ मा प्रकाशित १२०१ पाठक संख्या

काठमाडौं – प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका ८ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।


आईजीपी बसन्त बहादुर कुँवरले उनीहरुलाई फुली लगाइदिएका हुन्।

आईजीपी कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच एसपीहरु विनोद घिमिरे,अंगुर जीसी, सन्तोष तामाङ, राजन लिम्बू, श्यामबाबु ओलिया, निरञ्जनदत्त भट्ट, ढकेन्द्र खतिवडा र यादव ढकाललाई दर्ज्यानी चिन्ह लगाइदिए।

गत साता बढुवा समितिले ८ डीएसपीलाई बढुवाका लागि सिफारिस गरेको थियो ।

समारोहमा आईजीपी कुँवरले पदोन्नति भएका एआईजीहरुलाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व वहन गर्नको निम्ति सफल हुने विश्वास समेत व्यक्त गरे ।

पद बढेसँगै जिम्मेवारी पनि थपिएको भन्दै त्यही अनुसार काम गर्न प्रहरी महानिरीक्षक कुँबरले निर्देशन दिए । उनले विभागको अपेक्षा र जनताको मन जितेर कार्यसम्पादन गर्न पनि निर्देशन दिए ।