FLASH NEWS

नेपाल बरोडासँग पराजित


नेपाल आवाज २३ चैत्र २०८०, शुक्रबार १६:५४ मा प्रकाशित ७२७ पाठक संख्या

काठमाडौँ।  भारतमा जारी एसएमएस फ्रेन्डसिप कपअन्तर्गत लिगको अन्तिम खेलमा नेपाल बरोडासँग पराजित भएको छ ।


बरोडाले दिएको १५७ रनको लक्ष्य पछाएको नेपाल १८.४ ओभरमा अलआउट हुदै ११९ रन मात्र बनाएपछि खेल ३७ रनले हारेको हो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बरोडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १५६ रन बनाएको थियो ।

यो खेलमा हार बेहोरेपनि नेपाल यसअघि नै फ्रेन्डसिप कपको फाइनलमा पुगिसकेको छ भने बरोडा प्रतियोगिताबाट बाहिरिएको छ । यस प्रतियोगितामा बरोडाको यो पहिलो जित हो । अब फाइनलमा नेपाल र गुजरात एसोसियसनको टिम आइतबार खेल्दै छन् ।