FLASH NEWS

एमाले बारा अधिवेशन :अध्यक्षमा अध्यानन्द पाण्डे विजयी, पदाधिकारीमा भने सुवेदीको प्यानलनै निर्वाचित


नेपाल आवाज २५ चैत्र २०८०, आईतवार ११:०५ मा प्रकाशित ७६९ पाठक संख्या

बारा । प्रतिस्पर्धी टिना सुवेदीलाई ३४ मतले पछि पार्दै नेकपा एमालेको ११ औँ बारा जिल्ला अधिवेशनबाट अध्यानन्द पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन् ।


अध्यक्षमा पाण्डेले ३ सय ७७ मतका साथ पाण्डे विजयी भए भने उनका प्रतिस्पर्धी सुवेदीले ३ सय ४३ मत ल्याएकी छन् । निवर्तमान उपाध्यक्ष टिना सुवेदी र निवर्तमान सचिब अध्यानन्द पाण्डे नेतृत्वको लागि प्रतिस्पर्धा भएको थियो ।

दुवै जना प्यानल सहित प्रतिस्पर्धामा उत्रिएका हुन् जसमा अध्यक्ष बाहेक सम्पुर्ण पदाधिकारीमा भने सुवेदीको प्यानलनै निर्वाचित भएको छ । उपाध्यक्षमा ३ सय ६४ मतका साथ भुलन चौधरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नारायण गौतमले ३ सय ४० मत ल्याएका छन् ।

सचिवमा ३ सय ६३ मतका साथ अमृत शर्मा बजगाई विजयी भए भने उनका प्रतिस्पर्धी एम समिउल्लाहले ३ सय २७ मत पाएका छन् ।

उपचचिवमा जवाहिर अंसारी ३ सय ५७ मतका साथ विजयी भएका छन् भने प्रतिस्पर्धी धनिराम चौधरीले ३ सय ४१ मत ल्याएका छन् । महिला उपसचिवमा भावना आचार्य ३ सय ६८ मतका साथ विजयी भएकी छन् भने कमला घिमिरेले ३ सय २५ मत ल्याएकी छन् ।

नेकपा एमाले बाराको जिल्ला कमिटीको पाँच जना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको थियो । चैत १९ बाट सुरु भएको नेकपा एमालेको ११ औँ बारा जिल्ला अधिवेशनले सहमतिबाट नेतृत्व चयन गर्ननसकेपछि २३ गते शुक्रबार रातिभरी मतदान भएको थियो ।