FLASH NEWS

गृहमन्त्रीले आफुलाई चोखो ठान्छन भने पछि हट्नुपर्छ- राजेन्द्र पाण्डे


नेपाल आवाज २७ चैत्र २०८०, मंगलवार १८:५६ मा प्रकाशित ८९५ पाठक संख्या

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले प्रतिपक्षको आवाज सुन्नुपर्ने बताएका छन् ।


प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै पाण्डेले आरोप लागेको मन्त्रीले आफु बाहिर हटेर आरोपबाट चोखिनु पर्नेमा जबरजस्ति गर्नुमा केहि बदमासी छ भनेर शंका गर्ने ठाउ रहेको बताए । उनले गृहमन्त्रीले आफुलाई चोखो ठान्छन भने पछि हट्नुपर्ने टिप्पणी गरेका छन् ।

मंगलबारको बैठकमा कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता बारे संसदीय समितिको माग पुरा नभएसम्म संसद चलन नदिने अडान राखेपछि बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।