FLASH NEWS

बागमतीका मेयर थापाविरुद्ध मुद्धा दायर


नेपाल आवाज २८ चैत्र २०८०, बुधबार १८:२१ मा प्रकाशित ९०७ पाठक संख्या

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको छ ।अख्तियारले मेयर थापाले ५ करोड ३३ लाख भन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको जनाएको छ ।


अख्तियारले २०७४ देखि २०७९ सम्म मेयर थापाको कुल १३ करोड २० लाखको सम्पत्ति देखिएको, जसमा ७ करोड ८६ लाख बराबरको सम्पत्तिको मात्र स्रोत भेटिएको भन्दै उनको ५ करोड ३३ लाख बराबरको सम्पत्ति गरिकानुनी रहेको ठहर गर्दै मुद्धा दायर गरिएको जानकारी दिएको छ ।