FLASH NEWS

आइपिएलमा पञ्जावमाथि राजस्थान ३ विकेटले विजयी


नेपाल आवाज २ बैशाख २०८१, आईतवार ०६:३३ मा प्रकाशित १०८१ पाठक संख्या

काठमाडौँ । इण्डियन प्रिमियर लिग अन्तर्गत (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले पञ्जाव किंग्सलाई पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा राजस्थानले पञ्जावलाई ३ विकेटले पराजित गरेको हो ।


पञ्जावले दिएको १४८ रनको लक्ष्य पछाएको राजस्थानले १९.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गर्दै पञ्जावले २० ओभरमा ८ विकेट गुमाउदै १४७ रन बनाएको थियो ।

यो जितपछि राजस्थानको ६ खेलमा ५ जित र एक हारसहित १० अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ । त्यसैगरी पञ्जाव किंग्सको ६ खेलमा २ जित र ४ हारसहित ४ अंक रहेको छ ।