FLASH NEWS

भारी वर्षा र बाढीले ३३ को मृत्यु, ६ सय बढी घर क्षतिग्रस्त


नेपाल आवाज ३ बैशाख २०८१, सोमबार ०९:३९ मा प्रकाशित ११२९ पाठक संख्या

काबुल । अफगानिस्तानमा तीन दिनदेखि परेको भारी वर्षा र बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ ।


सरकारी प्रकोप व्यवस्थापन विभागका अनुसार शुक्रबारदेखि परेको वर्षाका कारण बाढीले ठूलो मानवीय र आर्थिक क्षति गरेको छ ।

विभागका प्रवक्ता जनान सायकले भने, ‘प्राथमिक जानकारीले दुर्भाग्यवश बाढीमा ३३ जनाको ज्यान गएको र २७ जना घाइते भएको देखिएको छ ।’सो बाढीका कारण अधिकांश घरमा क्षति पुगेको छ, लगभग ६०० घरहरू क्षतिग्रस्त वा ध्वस्त भएका छन ।

साथै, २०० गाईवस्तुको मृत्यु भएको छ भने लगभग ६ सय किमी सडक नष्ट भएको छ र लगभग ८०० हेक्टर कृषि भूमिमा बाढी पसेको छ ।

देशका ३४ प्रान्तहरू मध्ये २० प्रान्तहरू भारी वर्षाले डुबानमा परेका छन् । जसअनुसार पश्चिमी फराह, हेरात, दक्षिणी जाबुल र कान्दाहार सबैभन्दा बढी क्षति भएका प्रान्तहरू हुन्, सायकले भने।