FLASH NEWS

हङकङविरुद्ध नेपालले टस जित्यो, १८ ओभरको खेल हुने


नेपाल आवाज ३ बैशाख २०८१, सोमबार १२:५४ मा प्रकाशित ७९९ पाठक संख्या

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र हङकङबीचको खेल बर्षाले प्रभावित बनेपछि १८-१८ ओभरको हुने भएको छ ।


ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् ।   योसँगै हङकङले पहिला ब्याटिंग गर्ने भएको छ ।

समुह ए मा रहेको नेपालले यस अघिका दुवै खेल जितेर ४ अंकसहित शिर्ष स्थानमा रहेको छ । नेपालले यस अघि मलेसिया र कतारलाई पराजित गरेको थियो । त्यस्तै हङकङले भने २ खेलमा एक जित र एक हार बेहोरेको छ । हङकङले पहिलो खेलमा कतारलाई पराजित गरेको थियो भने दोस्रो खेलमा साउदी अरेबियासँग हार बेहोरेको थियो ।

नेपालको प्लेइङ-११: रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी र अभिनाश बोहोरा ।