FLASH NEWS

दुई जना डीआइजी विशेष पदमा बढुवा सिफारिस


नेपाल आवाज ४ बैशाख २०८१, मंगलवार ०९:४९ मा प्रकाशित ७८१ पाठक संख्या

काठमाडौँ । नेपाल प्रहरीमा प्राविधिक समूहतर्फका दुई जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआइजी) विशेष पदमा बढुवा गर्न सिफारिस गरिएको छ ।


बढुवा सिफारिस हुनेमा डा. देउती गुरुङ र सूचना प्रविधि कम्प्युटर तर्फका इन्जिनियर नवीन्द्र अर्याल रहेका छन्।

यस अघि मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीमा दुई डिआइजीको विशेष पद सिर्जना गरेको थियो । यो पद उनीहरुको कार्यकाल सकिएसँगै खारेज हुने सरकारको निर्णयमा उल्लेख छ ।