FLASH NEWS

रमेश खरेलको टिप्पणी- गृहमन्त्री लामिछानेले सत्ताबाट बाहिर बसेर छानविनलाई सघाउन्


नेपाल आवाज ५ बैशाख २०८१, बुधबार ०६:५० मा प्रकाशित १२५५ पाठक संख्या

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुर्व नेता रमेश खरेलले रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगि प्रकरणमा प्रतिवादी नबनाइनु कानुनि राज्यको उपहास भएको टिप्पणी गरेका छन् ।


सामाजिक सञ्जालमा टिप्पणी गर्दै खरेलले लामिछानेले सहकारीबाट रकम लिएको प्रहरी अनुसन्धानबाट पुष्टि हुदाहुदै उनलाई प्रतिवादी नबनाइनु कानुनी राज्यको उपहास भएको बताएका हुन् ।

उनले भनेका छन्-  गृहमन्त्री रवि लामिछानेले सहकारीबाट रकम लिएको प्रहरी अनुसन्धानबाट पुष्टि हुदाहुदै उनलाई प्रतिवादी नबनाइनु कानुनी राज्यको उपहास हो। सरकारले संवैधानिक छानविन समिति बनाई भुइमान्छेलाई न्याय दिओस् र त्यतिन्जेल लामिछानेले पनि सत्ता बाहिर रहेर छानविनलाई निष्पक्ष रूपमा कार्य गर्न देउन् ।