FLASH NEWS

मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० जनाको मृत्यु


नेपाल आवाज ११ बैशाख २०८१, मंगलवार १८:३३ मा प्रकाशित २०१७ पाठक संख्या

क्वालालम्पुर – मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई  वटा हेलिकप्टर आकाशमा ठोक्किँदा  १० जनाको मृत्यु भएको छ।


फ्लाईपास्ट रिहर्सलका क्रममा हेलिकप्टरहरू लुमुट रोयल मलेसियन नेवी बेसमा ठोक्किएर दुर्घटनाग्रस्त भएको रोयल मलेसियन नेवीले विज्ञप्तिमा उल्लेख गरेको छ। दुर्घटनाग्रस्त एउटा हेलिकप्टरमा सात र अर्कोमा तीन जना सवार थिए।

‘सबैको घटनास्थलमै मृत्यु भएको र पहिचानका लागि शवलाई लुमुट आधार अस्पतालमा लगिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पीडितहरूको भिडियो र फोटोहरू नफैल्याउन आग्रह गरिएको छ।’