FLASH NEWS

सहकारी ठगका नाममा रहेको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्छुः गृहमन्त्री लामिछाने


नेपाल आवाज १४ बैशाख २०८१, शुक्रबार २०:१३ मा प्रकाशित ४५१ पाठक संख्या

काठमाडौँ – सहकारीपीडितले गृहमन्त्री रवि लामिछानेसँग भेट गरेका छन्।


उनीहरुले शुक्रबार सिंहदरबारमा गृहमन्त्री लामिछानेसँग भेट गरेका हुन्। भेटका क्रममा उनीहरुले आफ्ना पीडा सुनाए।

सहकारीसम्बन्धी समस्या चाँडो समाधान गरिदिन उनीहरुले गृहमन्त्री लामिछानेसँग आग्रह गरेका थिए।

गृहमन्त्री लामिछानेले सहकारीका कारण नागरिकको घरबास उठ्ने अवस्था आएकाले आफूले त्यसलाई टुलुटुलु हेरेर बस्न नसक्ने बताए।  सरकारले सहकारी ठगका नाममा रहेको सम्पत्ति र उनीहरुले आफ्ना आफन्तका नाममा बनाएको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने गरी काम गर्ने आश्वासन दिएका थिए।

गृहमन्त्री लामिछानेले सहकारीको समस्या छिटो समाधान गर्न आवश्यक रहेको भन्दै बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेश गरेका थिए। मन्त्रिपरिषद् बैठकले उक्त समस्या द्रुत प्रक्रियाबाट समाधान गर्ने निर्णय गरेको थियो।