FLASH NEWS

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता


नेपाल आवाज १७ बैशाख २०८१, सोमबार ०७:०३ मा प्रकाशित ६९१ पाठक संख्या

काठमाडौं । बझाङ-१ (क) मा पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्।


नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ७ हजार ४ सय ८८ मत प्राप्त गर्दै अग्रता लिँदा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ७ हजार २ सय ३९ मत ल्याएका छन्।

त्यसै गरी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले २ हजार ८ सय ९४ मत प्राप्त गरेका छन्। नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले २ हजार १ सय ०२ मत प्राप्त गरेका छन्।