FLASH NEWS

नेपालले तेस्रो विकेट गुमायो, आरिफ आउट


नेपाल आवाज १९ बैशाख २०८१, बुधबार १५:०३ मा प्रकाशित ८०५ पाठक संख्या

काठमाडौँ । नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालका आरिफ सेख ३ रन बनाएर आउट भएका छन् । उनलाई वेस्ट इन्डिज ए का बलर हिडेन वाल्श ले आउट गरेका हुन् ।


यस अघि विनोद भण्डारी १९ र अनिल शाह १४ रन बनाएर आउट भएका थिए । यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले दिएको २२८ रन पछाएको नेपालले ९.४ ओभरमा ३ विकेट गुमाएर ७६ रन बनाएको छ ।