FLASH NEWS

ब्याटिंगमा नेपालको संघर्ष, पाँचौं विकेट गुमायो


नेपाल आवाज १९ बैशाख २०८१, बुधबार १५:११ मा प्रकाशित ६४९ पाठक संख्या

काठमाडौँ । नेपालले पाँचौं विकेट गुमाएको छ । नेपालका कुशल मल्ल २० रन बनाएर आउट भएका छन् । उनलाई वेस्ट इन्डिज ए का बलर हिडेन वाल्शले आउट गरेका हुन् ।


यस अघि विनोद भण्डारी १९, अनिल शाह १४, लोकेश बम २८, अरिफ सेख ३  रन बनाएर आउट भएका थिए । यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले दिएको २२८ रन पछाएको नेपालले १२ ओभरमा ५ विकेट गुमाएर ९८ रन बनाएको छ ।