FLASH NEWS

इन्टर मियामीको कमब्याक जित


नेपाल आवाज ३० बैशाख २०८१, आईतवार ०९:४० मा प्रकाशित ६५५ पाठक संख्या

काठमाडौँ ।  अमेरिकन लिग सकर अन्तर्ग इन्टर मियामीले अर्को जित हासिल गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले मोन्टरियललाई ३-२ गोल अन्तरले पराजित गरेको हो । २-० गोलले पछि परेको इन्टर मियामीले खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो ।


इन्टर मियामीको जितमा माटिस रोजास, लुइस स्वरेज र बेन्जामिन क्रेमासचीले एक एक गोल गरेका थिए । यसअघि मोन्टरियलका लागि ब्रेस डुक र जुलेज एन्थोनी भिलसान्टले एक एक गोल गरेका थिए ।

यो जितपछि इन्टर मियामीको इस्टर्न कन्फेरेन्समा १३ खेलमा २७ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यसैगरी मोन्टरियलको भने ११ खेलमा १२ अंक रहेको छ र १२औं स्थानमा छ ।