FLASH NEWS

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै


नेपाल आवाज ३० बैशाख २०८१, आईतवार १२:०८ मा प्रकाशित ४४५ पाठक संख्या

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरोको बैठक सोमबार हुने भएको छ । पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल गर्न बैठक बोलाइएको हो ।


बैठकमा पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदनको मस्यौदा प्रस्तुत गरिने छ ।

पार्टीको आज सम्पन्न हुने स्थायी कमिटीका निर्णय उपर पनि  बैठकमा छलफल हुनेछ। बैठकले आगामी जेठ १ र २ गते आह्वान गरिएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने कार्यसूची अनुमोदन गर्नेछ।

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदैछ ।